Lite Nepal

शनिबार, आश्विन २४, २०७७

विराटनगर । मोरङको बेलबारी नगरपालिका ४ गर्जुराम टोलमा जुवा खेलिरहेका ६ जना पक्राउ परेका छन् ।

सो टोलका अशोक राईको घरमा जुवा खेलिरहेकालाई शुक्रबार बेलुका साढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका–३ मैनावारी टोल बस्ने ४० वर्षीय रित गुरुङ, बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग बस्ने ५६ वर्षीय सुजय गौतम, सोही ठाउँका ५२ वर्षीय चन्द्र लिम्बु, झापाको दमक नगरपालिका ५ मन्टेश्वरी टोलका ३२ वर्षीय धमेन्द्र राई, सुनसरीको ईटहरी उपमहानगरपालिका– १ हलगडा बस्ने ४७ वर्षीय प्रदीप तामाङ र धनुषाको चारनाथ गणेशमान नगरपालिका–८ पोर्ताहा बस्ने ५० वर्षीय पर्शुराम भुजेल छन् ।

उनीहरुको साथबाट एक सेट कौडा, तीन बुक तास, २ लाख ५३ हजार नगद तथा स्कार्पियो गाडी, मोटरसाइकल र स्कुटरसमेत बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा