Lite Nepal

सोमबार, आश्विन २६, २०७७

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित ९० वर्षीय वृद्धको सोमबार बिहान मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–५ का वृद्धको बिहान ९ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।

वृद्धलाई उपचारका लागि २३ गते नोबेल शिक्षण अस्पताल ल्याइएको थियो ।

दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा स्वाब पोजिटिभ आएपछि उनलाई नोबेलकै कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

आइसीयूमा उपचाररत वृद्धमा मधुमेह, दम, युरिक एसिडलगायतका स्वास्थ्यसम्बन्धी पुरानै समस्या रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं