Lite Nepal

मंगलबार, आश्विन २७, २०७७

सुनसरी । सुनसरी धरान १५ बिसालचोक बस्ने ३८ बर्षीय विजय कुमार रोक्का लागुऔषध खैरोहिरोईन (ब्राउनसुगर)सहित पक्राउ परेका छन् ।

को १० प ६२५९ नम्बरको मोटरसाईकलमा आईरहेका रोक्कालाई विषेश सुराकका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती ८ बजे धरान साम्पाङ चोकबाट नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनिमाथी चेकजाँच गर्दा शरिरमा लुकाई छिपाई राखिएको १२ ग्राम ५०० मिलिग्राम लागुऔषध खैरोहिरोईन (ब्राउनसुगर) र नगद १० हजार ९ सय ६० रुपैया समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका रोक्का उपर ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं