Lite Nepal

मंगलबार, आश्विन २७, २०७७

विराटनगर । नेपाल आइडल सिजन–२ का विजेता रवि ओड र चर्चित गायिका मेलिना राईको आवाजमा सजिएको गीत ‘गालैमा डिम्पल’ सार्वजनिक भएको छ । सोमबार दिउँसो ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत् यस गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

रोवर्ड सिप्तुङ्खा राईको शब्द रचना रहेको गीतमा सुनिल राईले संगीत संयोजन गरेका छन् । काठमाडौँस्थित ए–वन स्टुडियोमा राजेश श्रेष्ठले गीत रेकर्ड गरेका हुन् ।

यस गीतको म्युजिक भिडियोको निर्देशन भने निकेश खड्काले गरेका छन् । गीतमा चर्चित नायकद्वय पुष्प खड्का र आकाश श्रेष्ठलाई नव मोडल डिम्पल योङहाङले साथ दिएकी छिन् । यस म्युजिक भिडियोका कोरियोग्राफर शुभम् भुजेल हुन् ।

निर्मला सुहाङ निर्माता रहेको यस म्यजिक भिडियोका लागि क्यामेरामा बुद्ध थापाले साथ दिएका छन् । भिडियोको सम्पादन विकास धमलाले गरेका हुन् । म्युजिक भिडियोको छायांकन काठमाडौँस्थित पार्क भिलेज रिसोर्टमा गरिएको हो ।

छायांकनपछि नायक पुष्प खड्काले भने, ‘सुटिङ एकदमै रमाइलो भयो, गीत र लोकेशन दुबै राम्रो भएकाले पनि होला ।’ आफूहरुले म्युजिक भिडियोलाई राम्रो बनाउने प्रयास गरेको उनले बताए ।

आकाश र पुष्प अहिलेका चर्चित कलाकार भए पनि उनीहरुले सँगै काम गरेको भने यो नै पहिलो भिडियो हो । ‘हाम्रो भेट चाहिँ भएको थियो, तर यसरी सँगै अहिलेसम्म काम गरेकै थिएनौँ,’ आकाशले भने । आकाश र पुष्पसँग काम गर्न पाउँदा आफू असाध्यै खुशी छु भएको डिम्पलले बताइन् ।

भिडियो यस्तो छ 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा