Lite Nepal

मंगलबार, आश्विन २७, २०७७

विराटनगर । प्रदेश १ सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मंगलबारदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको छ ।

कोरोना भाईरस (कोभिड १९) का कडा विरामीका लागि आजदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको हो । सेवा शुभारम्भ गर्दै कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर वस्नेतले प्लाज्मा दान गरेका हुन् ।

प्रदेश सरकारले कोभिड अस्पतालमा सेवाहरु थपगर्दै लगेको छ । अस्पतालमा आईसियु, भेन्टिलेटर र आईसोलेसन गरि ८० वटा वेड अहिले सञ्चालनमा रहेको व्यवस्थापक ज्ञानबहादुर वस्नेतले बताए ।

कोभिड अस्पतालमा लक्षण सहितका संक्रमितको उपचार हुने गरेको छ । अस्पतालबाट आजसम्म ४६१ जना डिस्चार्ज भएका छन् । ६२ जना अहिले उपचाररत रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं