Lite Nepal

शुक्रबार, आश्विन ३०, २०७७

विराटनगर । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रविधिमा रुपान्तरण आवस्यक रहेकोमा जोड दिएका छन् । उनले प्रविधिको रुपान्तरण विना जनताको जीवनस्तर उकास्न नसकिने बताए ।

उनले विद्यार्थी उत्पादनका लागि पनि प्रविधिमा रुपान्तरण आवस्यक रहेको बताए । विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान अन्र्तगत शिक्षकको सूचना प्रविधि संवन्धि क्षमता विकासका लागि दोश्रो चरणको अनलाईन तालिमको शुक्रबार शुभारम्भ गर्दै प्रदेश प्रमुख अधिकारीले सो कुरा बताएका हुन् ।

उनले शिक्षकलाई प्रविधिप्रेमी बन्न आग्रह गरे । सामुदायिक र संस्थागत विद्यालयलाई प्रविधिमा प्रतिष्पर्धी बन्न प्रदेश प्रमुख अधिकारीले आग्रह गरे । पछिल्लो समय शिक्षा सहि दिशामा नगएको भन्ने चिन्ता देखिएकाले सहि दिशामा ल्याउन आग्रह गरे ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ का सवै विद्यालय चाँडै प्रविधिमैत्री बन्ने बताए । १० वर्षभित्रमा किताव र झोलामुक्त बनाउने प्रदेश सरकारको अभियान भएपनि २–४ वर्ष भित्रमा सवै विद्यालय प्रविधिमैत्री बन्ने उनको भनाई छ ।

१ हजार ३ सय बढी विद्यालयमा प्रदेश सरकारको लगानीमा कम्प्युटर ल्याव निर्माण गरिसकिएको मन्त्री घिमिरेले बताए । प्रत्येक स्थानीय तहका १ सय शिक्षक प्रविधिमैत्री बन्ने उनले बताए । उनले भने,‘ प्रत्येक स्थानीय तहका १ सयले सूचना प्रविधि सम्वन्धि तालिम लिएपछि अन्य शिक्षकलाई पनि सिकाउने छन् ।’

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सूचना प्रविधिको तालिम पछि विद्यालयको पठन पाठनमा ठुलो परिवर्तन आउने बताए । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सामुदायिक विद्यालयहरु सूचना प्रविधि मैत्री हुन आवस्यक रहेकोमा जोड दिए । शिक्षकलाई पेशागत रुपमा सक्षम बनाउने उद्देश्य सहित तालिम शुरु गरिएको सचिव कार्कीले बताए ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा पहिलो चरणको तालिम गत असोज १५ गतेदेखि शुरु भएको छ । पहिलो चरणमा ६ वटा स्थानीय तहका ६ सय शिक्षक सहभागि छन् । दोश्रो चरणको तालिम आजदेखि शुरु भएको छ । दोश्रो चरणका तालिममा १० वटा स्थानीय तहका १ हजार शिक्षक सहभागि भएको सामाजिक विकास मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख कृष्णप्रसाद पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा