Lite Nepal

शनिबार, कार्तिक ०१, २०७७

विराटनगर । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि विराटनगरको नोबेल शिक्षण अस्पताल शुक्रबार राति तनावग्रस्त बनेको छ। पेट दुखेको र श्वासप्रश्वासमा समस्या भएकोभन्दै उपचारका लागि लगिएकी विराटनगर महानगरपालिका–३ की ५१ वर्षीया लक्ष्मीकुमारी पोखरेलको साँझ ७:३० बजेतिर मृत्यु भएको हो।

उनलाई छोराहरुले मोटरसाइकलमा राखेर उपचारका लागि अस्पताल लगेका थिए। अस्पतालका अनुसार साँझ ६:३० बजेतिर भर्ना गरिएकी पोखरेलको मृत्यु आकस्मिक कक्षमा राखेर उपचार गर्दागर्दै भएको हो। बिरामीको मृत्युपछि भेला भएका आफन्त, स्थानीय बासिन्दा प्रदर्शन र नाराबाजी गर्दै तोडफोडमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको हो।

उपचारमा चिकित्सकले लापरबाही गरेको र स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपनि आईसीयू र भेन्टिलेटरमा राखेर थप उपचार गर्ने व्यवस्था नमिलाइएको भन्दै आफन्त र स्थानीय आक्रोसित बनेका हुन्।

ढुंगामुडा गर्दै उनीहरुले चिकित्सक र स्वास्थ्यकर्मीमाथि पनि हातपात गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाट्ठी चार्ज गरेको छ। प्रहरीले बल प्रयोग गरेर भीडलाई तितरबितर बनाएपछि राति १२ बजेबाट अवस्था केही साम्य बनेको थियो।

प्रहरीले तोडफोड र चिकित्सकमाथि दुर्व्यवहारको घटनामा संलग्न रहेको भन्दै ६ जनालाई नियन्त्रणमा लिएको छ। तोडफोडबाट अस्पतालका दुईवटा बसमा क्षति पुगेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा