Lite Nepal

बिहिबार, कार्तिक ०६, २०७७

धरान । प्रदेश १ सरकारले कोरोना भाइरस बिरामीको निःशुल्क उपचार गर्ने घोषणा गरेपनि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने शुल्क लिएर मात्र उपचार गर्ने सूचना जारी गरेको छ ।

संघीय सरकारले बजेट दिएर स्थापना गरेको प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका लागि भर्ना हुने संक्रमित बिरामीले अग्रिम रकम बुझाएछि मात्र उपचार प्रक्रिया अगाडि बढाइने भएको हो ।

सरकारले गरिब तथा अशक्त, जेष्ठ नागरिक र एकल महिलाको उपचार निःशुल्क गर्ने घोषणा गरेपनि प्रतिष्ठानले पीसीआर परीक्षणमा मात्र छुट दिने सूचना जारी गरेको छ ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश १ भरीका स्वास्थ्य संस्थामा संक्रमितको निःशुल्क उपचार गर्ने बताएका छन् । तर, प्रतिष्ठानले प्रदेश सरकारको निर्देशनविपरीत बिहीबार संक्रमितलाई चार प्रकारले वर्गीकरण गरी उपचारको दररेट निर्धारण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार संक्रमितलाई अग्रिम रकम धरौटी राखेर मात्र उपचारको व्यवस्था गरिएको प्रतिष्ठानका सहायक प्रवक्ता डा। आषिश श्रेष्ठले जानकारी दिए।

यसअघि प्रतिष्ठानमा संक्रमित बिरामीको निःशुल्क उपचार गर्दै आएको थियो । प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना हुनका लागि संक्रमित बिरामीले कम्तिमा ६ हजार देखि ६० हजारसम्म धरौटी रकम अग्रिम बुझाएपछि मात्र भर्ना हुन पाउने निर्देशक गौरीशंकर साहले जारी गरेको सूचनामा उल्लेख छ । भर्ना भएका संक्रमित बिरामीले दैनिक २ हजारदेखि १५ हजार रुपैयाँ प्रतिदिन उपचारवाफतको रकम भुक्तानी गर्नुपर्ने निर्देशक साहले बताए ।

प्रतिष्ठानले संक्रमितको उपचारका लागि चार प्रकारमा वर्गीकरण गरेको छ । कुनै पनि लक्षण नदेखिएका बिरामीले प्रतिष्ठानमा भर्ना हुनु अगबै ७ हजार धरौटी बुझाउनु पर्ने र दैनिक २ हजार शुःल्क तिनुपर्ने छ ।

हल्का लक्षण देखिएका संक्रमितले १२ हजार धरौटी बुझाउनुपर्ने र दैनिक ३ हजार ५ सय शुल्क तिर्नुपर्ने छ । मध्यम लक्षण भएका संक्रमितले ३५ हजार धरौटी र दैनिक ७ हजार शुल्क तिर्नुपर्ने छ ।

गम्भीर लक्षण देखिएका संक्रमितले ६० हजार धरौटी र प्रतिदिन १५ हजार शुल्क तिर्नुपर्ने निर्णय गरिएको निर्देशक साहले बताए । उनले यो निर्णय आइतबारदेखि लागु गरिने जानकारी दिए ।

प्रतिष्ठानले संक्रतिलाई दश दिन अस्पतालमा राखेर डिस्चार्ज दिने डा। आषिश श्रेष्ठले बताए। उनले अस्पतालबाट डिस्चार्ज भएपछि ७ दिन होम आइसोलेसनमै बस्नुपर्ने पनि बताए ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रदेश सरकारले संक्रमितको उपचार निःशुल्क गर्ने घोषणा गरिसकेको अवस्थामा प्रतिष्ठानले महंगो शुःल्क लिएर उपचार गर्ने व्यवस्था गर्नु अत्यन्तै गलत भएको भन्दै तत्काल निर्णय सच्याउन माग गरेका छन् ।

उनले कोरोना महामारीका सबैसँग रकम अभाव भएका कारण महंगो शूल्क तिर्न समस्या पर्ने भएकाले प्रदेश सरकारको निर्देशन बमोजिम सबै संक्रमितको निशुल्क उपचार गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले निशुल्क उपचार गर्ने व्यवस्था मिलाइरहेको अवस्थामा प्रतिष्ठानले महंगो शुल्क लिने सूचना जारी गर्नु अत्यन्तै गलत भएको बताए । उनले प्रतिष्ठानले गरेको निर्णय तत्काल परिवर्तन गर्न प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिने बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा