Lite Nepal

सोमबार, कार्तिक १७, २०७७

विराटनगर । विराट मेडिकल कलेजले उपचारका क्रममा लागेको खर्च नतिरेको भन्दै एक कोरोना संक्रमितको शव परिवारलाई दिएको छैन । तीन दिनसम्म पनि कोरोना संक्रमणका कारण मृत्यु भएका एक पुरुषको शव आफन्तलाई अस्पतालले नबुझाएको हो ।

शनिबार बिहान उपचारका क्रममा मृत्यु भएका विराटनगर ३ का ६५ वर्षीय तामाङ थरका पुरुषको शव उपचारमा लागेको शुल्क नतिरेको भन्दै अस्पतालले नदिएको आफन्तले बताए । मृतक पुरुषलाई ६ कात्तिकमा विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । शनिबार बिहान करिब ८ बजे उनको मृत्यु भएको थियो ।

मृतकका परिवारले अस्पताल भर्ना गर्दा अस्पतालमा एक लाख रुपैयाँ डिपोजिट गरेको र आफु संग बाँकी पैसा नभएको दुखेसो गरेका छन् ।

अस्पतालले ३ लाख ८४ हजार ९३५ रुपैयाँ बाँकी रहेको र त्यो नबुझाएसम्म शव नदिने बताएको मृतकका परिवारले बताए ।

जिल्ला प्रशासन कार्यालय मोरङले भने कतैबाट पनि शव नदिएको उजुरी नआएको बताएको छ । तामाङको अवस्था गम्भिर बनेपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधिरसिंह राठोरले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा