विराटनगर । झापाको भद्रपुर नगरपालिका ५ को सीमा क्षेत्रबाट करिव तिन लाख बराबरको अतिसबाजी ((पटका) प्रहरीले बरामद गरेको छ।
बुधबार दिउँसो साढे ४ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको विभिन्न प्रकारका पटकाहरु बरामद गरेको हो ।
भारतिय बजारबाट पटका खरिद गरि सिमा एरियामा लुकाई छिपाई राखीएको भन्ने सुराकका आधारमा खटिएको प्रहरी टोलीले भद्रपुर ५ क्षेत्रमा लुकाई छिपाइ राखिएको तिन लाख बराबरको पटकाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।