लक्ष्मी कटुवाल

सोमबार, मंसिर ०८, २०७७

विराटनगर । झापाको बिर्तामोड नगरपालिका ३ मा बोलेरो गाडीको ठक्करबाट पैदल यात्री केवल खवासको मृत्यु भएको छ ।

आईतबार साँझ सवा ६ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ज ३११९ नम्बरको बोलेरो गाडीले पैदल यात्री आठराई गाउँपालिका ६ तेह्रथुमका २५ वर्षीय केवल खवासलाई ठक्कर दिदा खवास घाइते भएका थिए ।

घाइतेलाई उपचारको लागी बीएण्डसी अस्पताल पठाइएकोमा घाइतेको उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको इलाका प्रहरी कार्यलय अनारमनीले जनाएको छ ।

बोलेरो र चालकलाई नियन्त्रण लिएको ईलाका प्रहरी कार्यलय अनारमनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं