Lite Nepal

सोमबार, मंसिर १५, २०७७

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गुरु नानकको मार्गदर्शन पालना गर्नसके राष्ट्रिय एकतालाई सुदृढ एवं सवल बनाउन सकिने बताएका छन् ।

शिख धर्मका संस्थापक गुरु नानकको ५५१ औं जन्मत्सव तथा शिख धर्मावलम्बीहरुको प्रकास पर्वका रुपमा मनाईने गुरु नानक जयन्तीका अवसरमा सोमबार शुभकामना दिदै मन्त्री भट्टराईले उनका महानवाणीहरु युगान्तकारी भएको बताए ।

जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुआत नानकले गरेको उल्लेख गर्दै मन्त्री भट्टराईले समाजलाई सभ्य, सुसंस्कृती र एकताबद्ध बनाउन नानकको योगदान मननयोग्य रहेको बताए ।

गुरुनानक जयन्तीका अवसरमा सोमबार पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहिब’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिएका छन् ।

यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरुनानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइने जनाइएको छ ।

यस वर्ष कोरोना महामारीका कारण भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर नानक जयन्ती मनाइने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा