Lite Nepal

शुक्रबार, जेठ १४, २०७८

विराटनगर । कोरोना संक्रमणका कारण ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ ।

उनको उपचारका क्रममा आज विहान ८ः२५ बजे विराटनगर स्थित विराट मेडिकल कलेजमा निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

सुनसरी को इटहरी घर भएका ५० वर्षे न्यौपानेमा कोरोना संक्रमण भएपछि वैशाख २८ गतेदेखि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

इटहरीमा रहेको रेडियो सप्तकोशी एफएमको सञ्जाल विस्तारमा न्यौपानेको महत्त्वपूर्ण योगदान छ । स्थापनामा मार्केटिङबाट प्रवेश गरेका न्यौपानेले विगत एक दशकदेखि स्टेशन म्यानेजर भई सप्तकोशी एफएमलाई उचाई प्रदान गनुभएको थियो।

न्यौपाने नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्य तथा विज्ञापन बोर्डका सदस्य पनि हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं