Lite Nepal

शुक्रबार, जेठ १४, २०७८

विराटनगर । विराटनगरका उद्योगीका लागि मात्रै सामाजिक विकास मन्त्रालयले सुटुक्क कोरोना खोप लगाउन सुरु गरेपछि शुक्रबार स्थानीयले खोप स्थान घेराउ गर्दै अबरोध गरेका छन् । विराटनगरको तीनपैनी चोकमा रहेको सिटी सिनेमा हलमा उद्योगीलाई भेला गरेर सामाजिक विकास मन्त्रालयले कोरोना विरुद्धको दोस्रो जोड उपलब्ध गराएको थियो ।

स्थानीयले सो जानकारी पाएपछि सोही स्थानमा पुगेर पहुँचवालालाई मात्रै खोप लगाएको भन्दै बिरोध जनाएपछि उद्योगी र खोप लगाउन पुगेका स्वास्थ्यकर्मीको केही समय भागाभाग भएको हो । सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहित फ्रन्टलाइनरलाई खटिएकालाई नभई उद्योगीलाई मात्रै बोलाएर खोप दिएका कारण अबरोध गरेको स्थानीय युवाताजिम अन्सारीले बताए ।

‘फन्टलाईनमा काम गर्नेले पाएका छैनन्, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जोखिममा छन्, सर्वसाधारालाई घरमा थुनेर, व्यापारीलाई मात्रै खोप लगाउन खोजेकाले विरोध गर्दै अबरोध गरेका हौँ,’ उनले भने । खोप लगाएको जानकारी पाएपछि पुगेका स्थानीयले अवरोध गरेपछि केही समय उद्योगीको भागाभाग भएको थियो ।

शुक्रबार दिउँसो अवरोध गर्दै स्थानीय पुगेपछि प्रहरी पनि पुगेको थियो । स्थानीयले अवरोध गर्न खोज्दा खोप लगाउन गएका स्वास्थ्यकर्मी र उद्योगीलाई प्रहरीले सुरक्षा दिएर गन्तव्य तर्फ पठाएको थियो भने केही भागेर निस्किएका थिए ।

सर्वसाधारणले पहिलो खोप पनि नपाएको समयमा सरकारले खोपको व्यापार गरेको स्थानीयको आरोप छ । सामाजिक विकास मन्त्रालयले चुनाव नजिकिदा उद्योगीलाई मात्रै खोप दिएर फकाउन खोजेको अबरोध गर्न पुगेका स्थानीय तथा परिवर्तनका लागि हातेमालो संस्थाका अध्यक्ष विनोद चौहालले आरोप लगाए । स्थानीयले केही समय सो स्थानलाई घेराउ समेत गरेका थिए ।

यता सिटी सिनेमाको सञ्चालक मध्येका एक रहेका उद्योग संगठनका अध्यक्ष सुयस प्याकुरेलले खोप लगाएको विषयमा आफूलाई जानकारी नभएको बताउँछन् । ‘सिटी सिनेमामा भिडभाड थियो भन्ने जानकारी मलाई पनि आयो,’ उनले भने ‘तर, म घरबाट बाहिर निस्किएको छैन, थाहा भएन ।’ कोभिशिल्डको पहिलो डोज लगाएका विराटनगरका उद्योगीलाई सिटी सिनेमा हलमा भेला हुन सामाजिक विकास मन्त्रालयले आग्रह गरेको एक व्यापारीले बताए ।

यता मोरङ प्रहरी उपरीक्षक सन्तोष खड्का होहल्ला भएपछि मात्रै प्रहरीलाई खोप लगाइएको बारे जानकारी भएको बताउँछन् । जानकारी आएपछि खोप माग्दै पुगेका सर्वसाधारणलाई सम्झाई बुझाई पठाएको उनले बताए । ‘हामीलाई पनि खोपका बारेमा जानकारी थिएन, सूचना आएपछि प्रहरी टोली मद्दतका लागि पुग्यो,’ उनले भने,‘ खोप माग्ने सर्वसाधारणलाई छैन रहेछ भन्दै सम्झाएर पठायौं ।’

खोपका लागि सो स्थानमा पुगेको बा १ झ ९३६५ नम्बरको सरकारी गाडी र कर्मचारीलाई प्रहरीकै स्कर्टिङमा फिर्ता पठाईएको थियो । खोप लगाउने बिषयबारे विराटनगर महानगरपालिका समेत अनविज्ञ रहेको महानगर प्रमुख भीम पराजुलीले बताएका छन् ।

स्वास्थ्य सम्बन्धि जिम्मेवार कर्मचारीहरुले आफुहरुलाई खोपको बिषयमा कुनै जानकारी नरहेको स्पष्ट पारेका छन् । विराटनगर वडा २ का वडाध्यक्ष कुमार पोखरेलले पनि आफुलाई खोप लगाउने बिषयमा कुनै जानकारी नआएको बताएका छन् । तर खोप लगाउन आएका स्वास्थ्यकर्र्मीहरुले भने सो बिषयमा कुनै प्रतिक्रया दिन मानेका छैनन् ।

स्थानीयका अनुसार उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको अगुवाईमा ३ सय जना निश्चित व्यक्तिहरुलाई कोरोना विरुद्धको खोप लगाउने प्रबन्ध मिलाईएको थियो । यसैबिच नेपाली कांग्रेस प्रदेश १ प्रमुख सचेतक केदार कार्की जनतालाई घरमा थुनेर प्रदेश सरकारले एमालेको ओली गुटकालाई मात्रै कोरोनाको खोप लगाएको आरोप लगाए । ‘जनतालाई घरबाट ननिस्कनु भन्छ सरकार, एमालेको पनि ओली गुटकालाई कार्यालयमा बोलाई बोलाई कोरोनाको खोप लगाए,’ उनले भने, ‘यो सरकार जनताप्रति उत्तरदाही छैन ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा