Lite Nepal

शनिबार, जेठ १५, २०७८

विराटनगर । सत्तारुढ दलका सांसदहरुले संघीय सरकारबाट आफ्नो निर्वाचन क्षेत्रमा लाखौंको स्वास्थ्य सामाग्री पहुँचको आधारमा लगिरहेका छन् ।

उनीहरुले फोटोसहीत सामाजिक सञ्जालमा र सञ्चारकर्मी बोलाएर पनि सार्वजनिक गरिरहेको देखिन्छ । सांसदहरुले आफ्नो पहलमा स्वास्थ्य सामाग्री ल्याएको प्रचारप्रसार पनि व्यापकनै ।

कतिपयले त सरकारबाट ल्याएको सामाग्री आफ्नो व्यक्तिगत सहयोग हो भन्दै वितरण गरेको सार्वजनिक कम छैन । यो बेला सरकारको सम्यन्त्रमार्फत नियमित प्रक्रियाबाट आएको स्वास्थ्य सामाग्रीको अवस्था भने दयनीय देखिएको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिकाको लागि संघीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागमार्फत जेठ ७ गते स्वास्थ्य सामाग्री पठायो । दुईवटा पत्रसहित आएको स्वास्थ्य सामाग्री खोलेर हेर्दा नगरपालिकाका कर्मचारी आफैं चकित परे । विभागले नगरपालिकाको लागि १ थान अक्सिमिटर, २ वटा थर्मल–गन, १० वटा पिपिई, ५० वटा एन–९५ मास्क र ५ सय थान सर्जिकल मास्क पठाएको रहेछ ।

संघीय सरकारले नगरपालिकालाई पठाएको सामाग्री खुल्ला बजारमा खरिद गर्दा पनि ३० हजार हाराहारीमा पाइन्छ । अक्सिमिटर १५ सय, २ वटा थर्मल गनको ३ हजार, १० वटा पिपिईको २० हजार, ५० वटा एन ९० मास्कको ५ हजार र ५ सय सर्जिकल मास्कको १५०० गरि संघीय सरकारले पठाएको सामाग्रीको मूल्य ३१ हजार रुपैयाँ पर्ने नगरपालिकाका कर्मचारीले बताएका छन् ।

कोरोनाको दोस्रो लहर सुरु भएयता केन्द्र सरकारले नगरपालिकालाई पहिलो पटक स्वास्थ्य सामाग्री पठाएको नगरप्रमुख शिवप्रसाद ढकालले जानकारी दिए । करिब २ लाख जनसंख्या भएको नगरपालिकालाई आएको सहयोग देखेर आफैं चकित परेको बताउँदै उनले प्रदेश सरकारले त अहिलेसम्म एक पटक सोधपुछसम्म नगरेको र मन्त्रीले फोन पनि रेस्पोन्स नगरेको बताए ।

सुन्दरहरैँचा नगरपालिका क्षेत्रमा ६ सय ३९ जना कोरोना सक्रिय कोरोना सङ्क्रमित छन् । तीमध्ये १५ जनाको मृत्यु भइसकेको छ । केन्द्र र प्रदेश सरकारले कुनै सहयोग नगरेपछि नगरले आफ्नो स्रोतबाट कोरोना नियन्त्रण र न्युनिकरणको काम गरिरहेको नगर प्रमुख ढकालले बताए । ढकाल नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख हुन् । केन्द्र र प्रदेशको नेतृत्वमा रहेको कम्युनिष्ट सरकार भएकोले सहयोग नगरेको हुनसक्ने उनले आशङ्का छ ।

संघीय सरकारबाट सुन्दरहरैँचा नगरपालिकाप्रति हेपाहा व्यवहार भएको अनुभूतिसहित नगरप्रमुख ढकालले सामाजिक सञ्जालमा व्याङ्यात्मक शैलीमा लेखेका छन्, ‘धन्य संघीय सरकार ! कोरोना महामारी नियन्त्रणका लागि पठाएको सामग्री प्राप्त भयो । सरकारबाट जनताको सुरक्षाका लागि प्राप्त यो सहयोग आजसम्मकै उच्च हो ।’ उनले अगाडि लेखेका छन्, ‘लाजसरम भन्ने शब्द हुँदो रहेनछ । अझै प्रदेश सरकार त हरियाणातिर छ कि हनिमुनमा ? भाषण र तिकडमले कोरोना भगाउने योजना जो बनेको छ, हामी साह्रै भाग्यमानी नेपाली ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा