Lite Nepal

शनिबार, जेठ १५, २०७८

ताप्लेजुङ । गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारका ६ जना कैदीले बाकी सजाय माफी मिनाहा पाएका छन ।

कारागार शाखाका कार्यालय प्रमुख (जेलर) कुलेन्द्र खवासका अनुसार मेरिङदेन गाउपालिका ४ का डिल्ली लंवा लिम्वू, फुङलिङ नगरपालिका ३ का प्रदिप न्यौपाने, नगरपालिका ९ कै मनकुमार रेग्मी, मिक्वाखोला ३ का खाण्डुभन्ने साजन शेर्पा, मैवाखोला ४ का सन्तोष भन्ने कुमार लिम्ब र मनकुमार संयोग लिम्वूले माफी मिनाहा पाएका हुन ।

कारागार शाखाका अनुसार डिल्ली ज्यानमार्ने उद्योग, प्रदिप गोरु काटी मारेको, मनकुमार वहु तथा वालविवाह, साजन सवारी ज्यान, कुमार र मनकुमार कर्तब्य ज्यान मुद्धाामा कारागार चलान भएका थिए ।

उनिहरुलाई आजै १० वजेपछि मुक्त गरिने खवासले वताए । छ जना मुक्त हुँदा अब कारागारमा १ सय ४५ जना बाँकि रहने छन । करागारमा १ सय ५१ जना रहेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं