Lite Nepal

शनिबार, जेठ १५, २०७८

ताप्लेजुङ । गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारका ६ जना कैदीले बाकी सजाय माफी मिनाहा पाएका छन ।

कारागार शाखाका कार्यालय प्रमुख (जेलर) कुलेन्द्र खवासका अनुसार मेरिङदेन गाउपालिका ४ का डिल्ली लंवा लिम्वू, फुङलिङ नगरपालिका ३ का प्रदिप न्यौपाने, नगरपालिका ९ कै मनकुमार रेग्मी, मिक्वाखोला ३ का खाण्डुभन्ने साजन शेर्पा, मैवाखोला ४ का सन्तोष भन्ने कुमार लिम्ब र मनकुमार संयोग लिम्वूले माफी मिनाहा पाएका हुन ।

कारागार शाखाका अनुसार डिल्ली ज्यानमार्ने उद्योग, प्रदिप गोरु काटी मारेको, मनकुमार वहु तथा वालविवाह, साजन सवारी ज्यान, कुमार र मनकुमार कर्तब्य ज्यान मुद्धाामा कारागार चलान भएका थिए ।

उनिहरुलाई आजै १० वजेपछि मुक्त गरिने खवासले वताए । छ जना मुक्त हुँदा अब कारागारमा १ सय ४५ जना बाँकि रहने छन । करागारमा १ सय ५१ जना रहेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा