Lite Nepal

शनिबार, जेठ १५, २०७८

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवस २०७८ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नु भएको हो ।

उहाँले गणतन्त्र प्राप्तिको आन्दोलनमा ज्यान गुमाएका शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान समेत व्यक्त गर्नु भएको छ ।

साथै सम्पूर्ण घाइते तथा अपांग योद्धाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै गणतन्त्रको आन्दोलनमा आ–आफ्नो ठाउँबाट सहयोग र सद्भाव व्यक्त गर्नुहुने सम्पूर्ण नेपालीमा हार्दिक आभार व्यक्त समेत व्यक्त गर्नु भएको छ ।

‘सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको भन्दै मुख्यमन्त्री राईले हामी निर्वाचित जनप्रतिनिधिमूलक संस्थाहरू गणतान्त्रिक मूल्य मान्यता बमोजिम जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध छौं, आफ्नो सन्देशमा उल्लेख गर्नु भएको छ ।

विश्वमा लोकप्रिय तथा समृद्ध पद्धतिको रूपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवन पद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै गएको मुख्यमन्त्री राईको भनाइ छ ।

गत वर्षदेखि विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड—१९) का कारण गणतन्त्र दिवस खुला र भव्य रुपमा आयोजना गरी मनाउन सम्भव नभएको बताउँदै मुख्यमन्त्री राईले कोरोना भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन विशेष अपील समेत गर्नु भएको छ ।

यस ऐतिहासिक दिवसले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्धनसहित समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न एवं कोभिड—१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु, मुख्यमन्त्रीद्धारा जारी सन्देशमा भनिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा