विराटनगर । नेपाल पत्रकार महासंघ पाँचथर शाखा उपाध्यक्ष एकराज भण्डारीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।
झापाको बिर्ता सिटी अस्पतालको भेन्टिलेटरमा ११ दिनदेखि उपचार गराइरहेका ५० वर्षीय भण्डारीको शनिबार निधन भएको हो ।
पाँचथरको हिलिहाङ–५ सुभाङका स्थायी बासिन्दा भण्डारी फिदिम बजार स्थित कंचनजघा एकेडेमीका प्राध्यापक समेत हुन् । उनको श्रीमती, एक छोरा र दुई छोरी छ्न्।