Lite Nepal

आइतबार, जेठ १६, २०७८

विराटनगर । खोपका विषयमा प्रदेश १ को मुख्यमन्त्री निवास र सचिवालयलाई समेत जोडेर समाचार आएको भन्दै मुख्यमन्त्रीका प्रेस सल्लाहकारले विज्ञप्ति निकाल्दै यसको खण्डन गरेका छन् ।

आइतबार विहान मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले प्रेस विज्ञप्ति निकाल्दै समाचारमा उल्लेख भएको मुख्यमन्त्री निवासमा खोप लगाउने योजना र मुख्यमन्त्रीको सचिवालयको दबावमा खोप लगाएको भन्ने विषय प्रायोजित र भ्रमपुर्ण रहेको बताएका हुन् ।

‘१४ गते विराटनगरमा कोरोना खोपको विषयलाई लिएर केही सञ्चार माध्यमहरुमा आएको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । विभिन्न स्रोतको हवाला दिएर मुख्यमन्त्री निवासमा खोप लगाउने योजना रहेको, मुख्यमन्त्री कार्यालयमा खोप लगाउने कार्यक्रम रहेको, अझ मुख्यमन्त्रीको सचिवालयको दबावमा खोप लगाएको भन्ने जस्ता अर्नगल एवम् प्रायोजित रुपबाट गरिएको प्रचार र लेखिएका समाचारहरु प्रति खेद प्रकट गर्दै त्यस्ता भ्रमपुर्ण र प्रायोजित समाचारहरुको हामी खण्डन गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

गत शुक्रबार विराटनगरको तीन पैनिमा रहेको सिनेमाहलमा सामाजिक विकास मन्त्रालय र मन्त्रीको योजनामा सुटुक्क उद्योगी र आफ्ना निकटकालाई मात्रै खोप लगाएको समाचार सार्वजनिक भएको थियो । केही सञ्चारमाध्यममा आएका सो समाचारमा खण्डन गरिएका विषय पनि उल्लेख थिए ।

प्रेस सल्लाहकार सुवेदीद्धारा प्रकाशित विज्ञप्तिमा मुख्यमन्त्री राई पहिलो डोज खोप लगाएका सबैलाई प्रोटोकल अनुसार मौज्दात खोपबाट दोश्रो डोजको खोप लगाउँदै थप खोपको व्यवस्था गर्न र बाँकी सबै नागरिकका लागि खोपको शीघ्र व्यवस्था गर्न अहोरात्र जुटिरहनुभएको समेत बताइएको छ ।

प्रदेश सरकार प्रदेशका नागरिकलाई कोभिड १९ को भाइरसबाट बचाउन, त्यसको रोकथाम, नियण्त्रण र उपचारमा सबै उपाय, स्रोत र सामर्थ्य जुटाएर अहोरात्र सक्रिय रहेको सुवेदीले विज्ञप्तिमा लेखेका छन् ।

‘प्रदेश १ का सबै नागरिकका लागि खोप लगाउन संघीय सरकार संग समन्वय गर्दै खोप खरिदकाबारे परामर्श गरिरहेको समेत जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ‘यसप्रकार प्रायोजित ढंगबाट गरिएका प्रचार र लेखिएका समाचारहरुमा कुनै सत्यता छैन, हामी भ्रममा नपर्न सबैमा हार्दिक अनुरोध गर्दछौं ।’

प्रेस विज्ञप्ति

मिति २०७८ जेठ १४ गते विराटनगरमा कोरोना खोपको विषयलाई लिएर केही सञ्चार माध्यमहरुमा आएको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । विभिन्न स्रोतको हवाला  दिएर मुख्यमन्त्री निवासमा खोप लगाउने योजना रहेको, मुख्यमन्त्री कार्यालयमा खोप लगाउने कार्यक्रम रहेको, अझ मुख्यमन्त्रीको सचिवालयको दबावमा खोप लगाएको भन्ने जस्ता अर्नगल एवम् प्रायोजित रुपबाट गरिएको प्रचार र लेखिएका समाचारहरु प्रति खेद प्रकट गर्दै त्यस्ता भ्रमपुर्ण र प्रायोजित समाचारहरुको हामी खण्डन गर्दछौं ।

पहिलो डोज खोप लगाएका सबैलाई प्रोटोकल अनुसार मौज्दात खोपबाट दोश्रो डोजको खोप लगाउँदै थप खोपको व्यवस्था गर्न र बाँकी सबै नागरिकका लागि खोपको शीघ्र व्यवस्था गर्न अहोरात्र जुटिरहनु भएका मुख्यमन्त्रीलाई सोच्नै नसकिने तहको आरोप लगाएर भ्रमपूर्ण प्रचार गरिनु आश्चर्यजनक र निन्दनीय रहेको स्पष्ट पार्न चाहन्छौं ।

प्रदेश सरकार प्रदेशका नागरिकलाई कोभिड १९ को भाइरसबाट बचाउन, त्यसको रोकथाम, नियण्त्रण र उपचारमा सबै उपाय, स्रोत र सामर्थ्य जुटाएर अहोरात्र सक्रिय रहेको छ । प्रदेश नं १ का सबै नागरिकका लागि खोप लगाउन संघीय सरकार संग समन्वय गर्दै खोप खरिदकाबारे परामर्श गरिरहेको समेत जानकारी गराउँदछौं । यसप्रकार प्रायोजित ढंगबाट गरिएका प्रचार र लेखिएका समाचारहरुमा कुनै सत्यता नरहेकोले भ्रममा नपर्न सबैमा हार्दिक अनुरोध गर्दछौं ।

१६ जेठ, २०७८   

 ध्रुव सुवेदी

प्रेस सल्लाहकार

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा