Lite Nepal

आइतबार, जेठ १६, २०७८

विराटनगर । नेकपा नेता तथा पूर्व मन्त्री योगेश भट्टराईले असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिने बताएका छन् ।

सरकारले सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने बताएपछि आइतबार सामाजिक सञ्जाल फेसवुकमा लेख्दै भट्टराईले उनले ऐतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि छलफल र विमर्श आवस्यक भएको बताए ।

‘ऐतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आबश्यकता, औचित्यता, सान्दर्भीकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समुह, जनप्रतिनिधिसहित नागरिक स्तरमा व्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नु पर्दछ,’ उनले लेखेका छन् ।

एमाले सचिव समेत रहेका नेता भट्टराईले असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिने अन्यथा विवाद, बिभाजन र अनावश्यक तनाबमात्र झेल्नु पर्ने बताए ।

आर्थिक वर्ष २०७८÷२०७९ को बजेट सार्वजनिक गर्दै शनिबार अर्थमन्त्री विष्णु पौडेलले सुकेटारलाई स्व. रवीन्द्र अधिकारी विमानस्थल र चुहानडाँडालाई आङछिरिङ्ग शेर्पा विमानस्थल नामाकरण गर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं