Lite Nepal

आइतबार, जेठ १६, २०७८

ताप्लेजुङ । सरकारले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तनका गरेकोमा जिल्लाका राजनीतिक दलहरुले आपत्ति जनाएका छन् ।

सरकारले ताप्लेजुङको पहिचान र इतिहाँस माथी आक्रमण गर्न खोजेको भन्दै जिल्लाका ७ राजनीतिक दलले आइतबार विज्ञप्ति निकाल्दै आपत्ति जनाएका हुन ।

‘विकास र नामाकरणका नामा स्थानीय जनताको मौलिकतामाथी हुने हस्तक्षेप कुनै हालतमा स्वीकार गर्न सकिदैन,’ विज्ञप्तिमा भनिएको छ ‘यसलाई समयमा सच्याउन सरकार सँग माग गर्दछौँ ।’

आइतबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र संघिय लिम्बूवान मञ्च नेपालले संयुक्त रुपमा विज्ञप्ती जारी गरेका हुन् ।

उनिहरुले सरकारको यो निर्णयलाई नसच्याएमा शसक्त प्रतिरोध गर्ने समेत जनाएका छन् । सरकारले शनिबार बजेट सार्वजनिक गर्दै सुकेटार विमानस्थलको नाम परिवर्तन गरि रवीन्द्र अधिकारी विमानस्थल नामाकरण गर्ने जनाएको थियो ।

हेलिकप्टर दुर्घटना क्षेत्रमा रवीन्द्र स्मृति पार्क बनाउने विषयमा सहमति जनाएका ताप्लेजुङका राजनीतिक दल र नागरिकले यो निर्णयले रबीन्द्र अधिकारीको समेत अपमान भएको बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा