Lite Nepal

आइतबार, जेठ १६, २०७८

विराटनगर । प्रदेश १ मा आज १ हजार ५ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६२, मोरङमा ३५१, सुनसरीमा १६३, पाँचथरमा ३७, ताप्लेजुङमा ३२, इलाममा १२, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभा, ते¥हथुम, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा ७३, दमकमा ७०, मेचीनगरमा ४६, भद्रपुरमा ३४, कनकाईमा ३२, झापा गाउँपालिकामा २७, अर्जुनधारामा २०, शिवसताक्षी १८, बुद्धशान्तिमा १४, हल्दिबारीमा ८, कमल गाउँपालिकामा ६, गौरादहमा ५, गौरीगञ्जमा २, कचनकवल, गौरीगञ्ज, बा¥हदशीमा १–१, स्थानीय तह नखुलेका ४, मोरङको विराटनगरमा १३२, सुन्दरहरैचामा ३४, कानेपोखरीमा ३२, पथरीशनिश्चरे र बेलबारीमा २४–२४, रतुवामाई र उर्लाबारीमा १७–१७, बुढीगंगामा १५, केराबारीमा १२, रंगेली र लेटाङमा १०–१०, धनपालथानमा ७, कटहरीमा ६, मिक्लाजुङमा ४, सुनबर्षी, जहदा र ग्रामथानमा १–१, स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा ७१, इटहरीमा ५८, बराहक्षेत्रमा ९, गढीमा ७, रामधुनी र दुहवीमा ४–४, इनरुवामा ३, कोशी गाउँपालिकामा २, देवानगञ्जमा १ र स्थानीय तह नखुलेका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पाँचथरको फिदिममा ३५, हिलिहाङ र फाल्गुनन्दमा १–१, ताप्लेजुङको फुङलिङमा २१, मेरिङदेनमा ८, मिक्वाखोलामा ३, इलामको चुलाचुलीमा ४, रोङ र इलाम नगरपालिकामा ३–३, सुर्योदय र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा १ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका २–२, महालक्ष्मीमा १, संखुवासभाको खाँदबारी, ते¥हथुम, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५७ हजार ३८२ पुगेको छ । संक्रमित भएका मध्ये ३५ हजार ५७२ जना संक्रमणमुक्त भएका छन् । आज ३९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २० हजार ९३५ पुगेको छ । प्रदेश १ मा आज २ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ४५१ महिला र ५५४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं