ताप्लेजुङ । झापाबाट ताप्लेजुङ तर्फ जाँदै गएको एम्बुलेन्स आज विहान पाँचथरमा दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । दुई जना घाईते भएका छन् ।
विहान करिब ३ बजे प्रदेश नम्वर १–०१–००१ च ७७०६ नम्वरको एम्बुलेन्स अनियन्त्रित फिदिम नगरपालिका ३ सुङनिमाचौक स्थित रोडबाट अन्दाजी १५ मिटर तल खसेको थियो ।
दुर्घटनामा घाईते पाँचथर याङवरक गाउँपालिका २ का ५० बर्षीया ममता राईको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यू भएको हो ।
सोही स्थानका १९ बर्षीय हेमन सुब्बा र ताप्लेजुङ सिदिङवा ३ का ५५ बर्षीय डोड कुमार राईको घाईते अवस्थामा जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।
एम्बुलेन्स चालक पाँचथर हिलिहाङ २ सिहापुर का २८ बर्षीय बिरेन्द्र धिताल जिल्ला प्रहरी कार्यालय पाँचथरको नियन्त्रणमा रहेका छन् ।