Lite Nepal

सोमबार, जेठ १७, २०७८

ताप्लेजुङ । झापाबाट ताप्लेजुङ तर्फ जाँदै गएको एम्बुलेन्स आज विहान पाँचथरमा दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । दुई जना घाईते भएका छन् ।

विहान करिब ३ बजे प्रदेश नम्वर १–०१–००१ च ७७०६ नम्वरको एम्बुलेन्स अनियन्त्रित फिदिम नगरपालिका ३ सुङनिमाचौक स्थित रोडबाट अन्दाजी १५ मिटर तल खसेको थियो ।

दुर्घटनामा घाईते पाँचथर याङवरक गाउँपालिका २ का ५० बर्षीया ममता राईको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यू भएको हो ।

सोही स्थानका १९ बर्षीय हेमन सुब्बा र ताप्लेजुङ सिदिङवा ३ का ५५ बर्षीय डोड कुमार राईको घाईते अवस्थामा जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।

एम्बुलेन्स चालक पाँचथर हिलिहाङ २ सिहापुर का २८ बर्षीय बिरेन्द्र धिताल जिल्ला प्रहरी कार्यालय पाँचथरको नियन्त्रणमा रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं