Lite Nepal

सोमबार, आषाढ २१, २०७८

काठमाडौं । अभिनेत्री प्रियंका कार्की विवाद र चर्चामा बारम्बार छाउने गर्दछिन् । उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्विरले समेत चर्चा पाउने गरेको छ ।

पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्बिरका कारणले बारम्बार चर्चामा छाएकी थिइन् । सायद त्यसैले पनि होला विभिन्न क्रियाकलापसहित उनी बेबी–बम्पवाला तस्बिर सार्वजनिक गर्छिन् ।

 

 

अहिले फेरि उनले सामाजिक संजालमा केही नयाँ तस्बिर सार्वजनिक गरेकी छन् । उनले सार्वजनिक गरेको तस्बिर ‘बेबी सावर’को रहेको छ । तस्विरका साथ उनले ‘द वेष्ट बेबी सावर’ भनेर लेखेकी छन् । सो क्रममा उनले केक समेत काटेकी छन् भने केही साथीहरुसँग तस्बिर समेत खिचाएकी छन् ।

म्युजिक भिडियो र चलचित्र दुबैमा बराबरी देखिने अभिनेत्री प्रियंकाले गत चैत्रमा पहिलो पटक गर्भवती भएको जानकारी दिएकी थिइन् । यो खबर उनले स्टाग्राममार्फत् सेयर गरेकी थिइन् ।
सो समय श्रीमान्सँगको तस्बिर सेयर गर्दै प्रियंकाले लेखेकी थिइन्, ‘अब तपाईं मलाई सोध्न छोड्नुहोस्, हो हामी गर्भवती भएका छौं ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा