Lite Nepal

सोमबार, साउन १८, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र १ हजार १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ११३, झापामा ११२, धनकुटामा २३, इलाममा ६, उदयपुरमा ५, खोटाङमा ३, पाँचथर र ते¥हथुममा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ६५, बेलबारीमा १६, सुन्दरहरैचामा १४, पथरीशनिश्चरेमा १२, उर्लाबारीमा ९, बुढीगंगामा ७, केराबारी र लेटाङमा ३–३, कानेपोखरीमा २, ग्रामथानमा १, सुनसरीको धरानमा ५२, इटहरीमा ४४, दुहवी र रामधुनी र बराहक्षेत्रमा ४–४, इनरुवामा ३, पथरीशनिश्चरे र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ३२, भद्रपुरमा २६, मेचीनगरमा १८,विर्तामोडमा १६, अर्जुनधारा र हल्दिबारीमा ५–५, कनकाई, कमल गाउँपालिका र गौरादहमा २–२, गौरीगञ्ज, कचनकवल र बुद्धशान्तिमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १४, छथर र महालक्ष्मीमा ३–३, पाख्रिवासमा २, शहिदभूमीमा १, इलामको चुलाचुलीमा ४, रोङ र सुर्योदयमा १–१, उदयपुरको त्रियुगा, चौदण्डीगढी र बेलकामा १–१ र स्थानीय तह नखुलेका २, खोटाङको साकेलमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फालेलुङ र स्थानीय तह नखुलेका १–१, ते¥हथुममा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ८३४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३७९ महिला र ४५५ पुरुष रहेको छन् । पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ७ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा