Lite Nepal

बिहिबार, साउन २८, २०७८

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै काठमाडौं उपत्यकामा बिहीबार राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ ।

आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ । अत्यावश्यक काममा प्रयोग हुने सवारी भने चौबीसै घण्टा सञ्चालन हुने छ ।

पछिल्लो दुई हप्तादेखि उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअलरूपमा मात्रै गर्ने निर्णय गरेको थियो ।

अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत राखिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।

उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअसहितको बैठकले उक्त आदेश जारी गरी लागू गरेको हो । अन्य विभिन्न जिल्लामा पनि आदेशमा कडाइ गर्न थालिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं