Lite Nepal

बिहिबार, साउन २८, २०७८

विराटनगर । प्रदेश १ का विभिन्न संरक्षण गृहहरूमा आश्रितहरूलाई कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ ।

मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरूलाई आज देखि जोनसन एण्ड जोनसन खोप लगाउन शुरु गरिएको हो । अभियानको सामाजिक विकास मन्त्री उषाकला राईले आज शुभारम्भ गर्नुभयो ।

सडक आश्रित तथा सहयोगापेक्षीहरूलाई उद्धार गरि राखिएको विराटनगर १० को मानव सेवा आश्रमबाट अभियानको शुरुवात गरिएको हो । खोप अभियान शुरुवात गर्दै सामाजिक विकास मन्त्री राईले सडक आश्रित तथा सहयोगापेक्षीहरू सम्पूर्णलाई कोभिड १९ विरुद्धको खोप लगाईने बताउनुभयो ।

मानव आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरूको सवैलाई खोप लगाईने उहाँले बताउनुभयो । मन्त्री राईले भन्नुभयो,‘ अपाङ्गता भएका तथा अशक्त सवैलाई अभियानमा समेटिने छ ।’ लक्षित समूहले खोप लगाईरहेपनि संरक्षण गृहमा आश्रितहरूले खोप लगाउन नपाएको थाहा भएलगत्तै अभियान शुरुवात गरिएको मन्त्री राईले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालय सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले मानव सेवा आश्रम तथा संरक्षण गृहमा आश्रित सवैलाई खोप लगाईने बताउनुभयो । उहाँले आज ३ सय बढीलाई खोप लगाईने बताउनुभयो । मानव सेवा आश्रममा, प्रदेश सरकारद्धारा सञ्चालित दीर्घकालिन पुर्नस्थापना गृह, ओरेक, माईती नेपाल र एवीसीको संरक्षणमा रहेकाहरूलाई आज खोप लगाई सकिने उहाँले बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कमल भट्टराई, स्वास्थ्य कार्यालय मोरङका प्रमुख सुरेश मेहता, विराटनगर १० का वडाध्यक्ष माधवराज वाग्ले लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा