Lite Nepal

बिहिबार, भाद्र ०३, २०७८

काठमाडौं । घरमाथिबाट आएको पहिरोका कारण दक्षिणी रसुवाको कोल डाँडा भन्ने स्थानमा पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

नौकुण्ड गाउँपालिका-५ कोलडाँडाका श्यामबहादुर घलानको घर पुरिँदा उनकी श्रीमती र दुई बच्चाको मृत्यु भएको हो । अर्का एक बच्चाको खोजीकार्य जारी छ ।

‘श्यामबहादुरकी श्रीमती र दुई जना बच्चाको डेथ बडी फेला परिसकेको छ, अर्को एक जनाको खोजी भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख देवेन्द्र पाण्डेले अनलाइनखबरसँग भने । पहिरोमा ३२ वर्षीय कमला घलान, ११ वर्षीया सोकिता घलान, ८ वर्षीया सुकुमाया घलान र ७ वर्षीय आषिश घलान पुरिएका थिए ।

श्यामबहादुर घाइते छन् । उनलाई उद्धार गरी उपचार गर्न सुरुमा नुवाकोटको त्रिशूली अस्पताल पठाइएको र पछि त्यहाँबाट काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

घटना आज बिहान करिब साढे ३ बजेतिरको हो । ‘ठूलो आवाज आएपछि छिमेकी हेर्न जाँदा पहिरोले घर पुरिएको देखिएको, त्यहीँ नजिकै श्यामबहादुर फेला परेका थिए,’ स्थानीयको भनाइ उद्धृत गर्दै डिएसपी पाण्डेले भने । श्यामबहादुरलाई उपचार गर्न पठाएपछि स्थानीयको सहयोगमा सेना र प्रहरीको टोली अन्यको उद्धारमा खटिएका थिए ।

घटनास्थल सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिणतर्फ ठूलोभोर्ले र धुसेनी गाउँको बिचमा पर्दछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा