Lite Nepal

शुक्रबार, भाद्र ०४, २०७८

तनाव एउटा यस्तो स्वास्थ्य समस्या हो, जसले ठीक कामलाई पनि बिगार्न सक्छ । तपाईंले पनि यो महसुस धेरैले गर्ने गर्छन् । त्यस्तो अवस्थामा जिन्दगीलाई समस्याबाट मुक्त बनाउनको लागि के गर्न सकिन्छ त ?

यसको लागि केही उपायहरु हुन्छन्, जसले दिमागलाई तनावमुक्त गराएर खुला दिमागबाट सबै काम सफल गराउन मद्धत गर्छ ।

तनावको कारण पत्ता लगाउनुहोस्

जब तपाईं तनावमा हुनुहुन्छ । त्यसको समाधानको लागि सबैभन्दा पहिले यसको कारण खोज्नुहोस् ।

यदि सुरुमै कारण खोज्न सक्नुभएन भने यसले तपाईंलाई तनाव सिर्जना गराइरहन सक्छ । यसरी कारण पत्ता लगाइसकेपछि त्यो तनावको कारणलाई हटाउने प्रयास गर्नुहोस् ।

यसको लागि सबैभन्दा सजिलो तरिका भनेको कुनै कागजमा यी समस्याको बारेमा नोट गर्नुहोस् र यसलाई पटकपटक याद गरिरहनुहोस् ।

उद्देश्यप्रतिको दृष्टि

तनावबाट मुक्त हुने अर्काे उपाय भनेको आफ्नो उद्देश्यलाई सम्झिरहनुहोस् । जिन्दगीमा तपाईंले के चाहनुभएको छ ? त्यसलाई कहिलै नबिर्सिनुहोस् ।

जब तपाईंको लक्ष्य सधैं तपाईंको सामु रहन्छ, तपाईंले तनाव लिएर आफ्नो समय बर्बाद गर्नुहुन्न । त्यसैले, यदि तपाईंले तनावको सामना नगर्नको लागि सबैभन्दा पहिले तपाईंको लक्ष्य तय गर्नुहोस् र त्यसको प्राप्तिको लागि केन्द्रित हुनुहोस् ।

भावनामा नियन्त्रण

यदि तनावले भावनामाथि नियन्त्रण गर्न सक्नुभएको छ भने तनाव पनि नियन्त्रण गर्न सक्नुहुनेछ । भावनालाई नियन्त्रणमा लिनको लागि शान्त रहनुहोस् र अगाडि बढ्नुहोस् ।

किनकि भावनालाई नियन्त्रण गर्दा तपाईंको दिमागमा तनाव सिर्जना हुने सबै किसिमका विचारहरु हटेर जानेछ । जसले तपाईंका तनाव कम गर्न मद्धत गर्ने गर्छ ।

आफ्नो सकारात्मक पक्षलाई केलाउनुहोस्

कहिलेकाहीँ तपाईंहरुलाई लाग्छ कि तपाईंसँग केही छैन । जबकि यो बिल्कुल गलत कुरा हो । तर तपाईंले आफ्नो सकारात्मक पक्षलाई मात्रै केलाउनु हुन्छ भने तपाईं चिन्तामा डुब्नुहुन्न ।

समाधानको बारेमा सोच्नुहोस्

तनावबाट मुक्ति पाउने सबैभन्दा उपयुक्त कुरा भनेको समाधानको बारेमा सोच्नु हो । जब तपाईं तनाव महसुस गर्नुहुन्छ, तुरुन्तै यसको समाधानको बारेमा सोच्नुहोस् र यसलाई तपाईंको बानी बनाउनुहोस् ।

कमी कमजोरीलाई स्वीकार गर्नुहोस्

तनावले सामान्यतया तपाईंलाई पराजित महसुस गराउँछ । यसले तपाईंलाई लाग्छ कि यसमा तपाईंले अझै राम्रो गर्न सक्नुहुन्छ । यस्तो अवस्थामा पहिले आफ्नो कमी कमजोरीलाई स्वीकार्नुहोस् । त्यसपछि यसलाई सुधार गर्नको लागि काम गर्नुहोस् । जतिबेला तनाव हुन्छ । त्यतिबेला आफ्नो कमजोरी स्वीकारेर अघि बढ्नुभयो भने धेरै हदसम्म यसले तनाव कम गर्न सक्छ ।

खराब स्थिति सामना गर्ने साहस

तनाव पूरा तरिकाले गायब हुन्छ जब हामी समस्या समाधानको लागि साहस उठाउँछौं । यस्तो साहसले खराबभन्दा खराब स्थिति सिर्जना हुन सक्छ । तर त्यो दीर्घकालीन होइन भनेर सामना गर्न सक्नुपर्छ । जसले सधै्रंको लागि तनावबाट मुक्ति दिन्छ । गराउन सक्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा