Lite Nepal

मंगलबार, आश्विन ०५, २०७८

काठमाडौं । आजदेखि पितृपक्ष अर्थात सोह्रश्राद्ध शुरु भएको छ । वडादशैं शुरु हुनु भन्दा अघि भदौ कृष्ण प्रतिपदादेखि १६ दिनसम्म दिवंगत पितृहरुको सम्झनामा विभिन्न पितृकार्य गर्ने चलन रहेको छ ।

सनातन धर्मावलम्वीहरुले वैदिक विधि अनुसार नदीका त्रिवेणी, दोभान, घाटलगायत तीर्थस्थल र घरडेरामै पितृको श्राद्व तथा तर्पण गर्ने गर्दछन् ।

पितृकार्यलाई अति पवित्र मानिन्छ । यस पटक पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा पितृकार्य गराउने पुरोहितहरुलाई कर्मकाण्डको प्रमाणपत्र प्रस्तुत गर्नुपर्ने नियम लागू गरेको छ । साथै कोरोना सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्ड पनि पूर्ण रूपमा लागू गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा