Lite Nepal

मंगलबार, कार्तिक ०९, २०७८

काठमाडौं । नेपाल बार एसोसियसनले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। बारका महासचिव लीलामणि पौडेलले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको जानकारी दिए।

बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए ९० ओटा इकाइमार्फत आन्दोलन गर्ने निर्णय गरेको छ। राजीनामा नदिए कालोपट्टी बाँधेर आन्दोलन थाल्ने र निकास ननिस्किए बेन्च बहिष्कार गर्नेसम्मको आन्दोलन गर्ने बारले जनाएको छ।

न्यायपालिकालाई राजनीतिक हस्तक्षपमुक्त बनाउनुपर्ने बारको सुझाव छ। बारले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले तत्काल राजीनामा दिनुपर्ने माग गर्ने निर्णय गरेको छ।

न्यायाधीशहरुलाई समेत विश्वासमा लिन नसकेको बारले निष्कर्ष निकालेको छ। मंगलबार बसेको बारको बैठकमा उपस्थित अधिकांशले जबराविरुद्ध आन्दोलनमा जाने निष्कर्श निकालेका थिए।

बैठकमा सहभागी बारका पदाधिकारी र सल्लाहकार समितिका सदस्यसहित ३६ मध्ये ३५ जनाले आन्दोलनमा जाने धारणा राखेका थिए। जबरा पदमा रहुन्जेलसम्म बहस गर्न समेत नजाने बारको निष्कर्श छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं