Lite Nepal

सोमबार, कार्तिक १५, २०७८

एक महिलाले अर्की महिलालाई सोधिन्, ‘बच्चा जन्मिएको खुसीमा तिम्रो पतिले तिमीलाई के उपहार दिए ?’ दोस्री महिलाले जवाफ दिइन, ’केही पनि दिएनन् ।’ पहिलो महिलाले फेरि सोधिन, ‘के तिम्रो पतिको नजरमा तिम्रो कुनै मूल्य छैन ?’ यति भनेर पहिलो महिला आफ्नो बाटो लागिन् तर उनको प्रश्न भने दोस्रो महिलाको कानमा बिषालु हावा बनेर घुस्यो ।

साँझ जब पति घर आए, तब उनले श्रीमतीको अनुहार मलिन देखे । यसै बिषयमा दुबै जनाको झगडा भयो । आखिरमा पति पत्नीमा डिभोर्स भयो । उनीहरूमा समस्याको सुरुवात त्यो फजुलको प्रश्नबाट भएको थियो ।

एक जना व्यक्तिको भेट आफ्नो पुरानो मित्रसंग भयो । भेट हुँदा साथ पहिलो मित्रले आफ्ना पुरानो दोस्रो मित्रसंग सोधे, ’तिमी आज भोलि कहाँ काम गर्दैछौँ ?’ दोस्रो मित्रले पहिलो मित्रलाई आफू काम गर्ने पसलको नाम बतायो ।

पहिलो मित्रले फेरि सोधे, ‘मालिकले तलब कति दिन्छन् ?’ दोस्रो मित्रले जवाफ दिए, ‘२५ हजार रूपैयाँ मासिक ।’ पहिलो मित्रले भने, ‘यति पैसामा तिम्रो जिन्दगी कसरी चल्छ ?’ दोस्रो मित्रले गहिरो सास लिँदै भन्यो, ‘कुरा नगर साथी, जिन्दगी जनतन चलेकै छ, तिमीलाई के बताउँ ?’ उनीहरूको भेटघाट सकियो ।

तर पहिलो मित्रको प्रश्न दोस्रो मित्रको दिमागमा बिषालु हावा बनेर घुसिसकेको थियो । केही दिन पछि दोस्रो मित्रको आफ्नो काम प्रति लगाब कम हुँदै जान थाल्यो । उसले तलब बढाउनु पर्ने माग मालिक सामु राख्यो तर उसको माग मालिकले ठाडै अस्वीकार गरिदियो । अन्तमा दोस्रो मित्रले नोकरी छाड्यो । अब ऊ बेरोजगार छ । पहिले उसँग काम थियो । अब उसँग कुनै काम छैन । अहिले ऊ मात्र होइन उसको परिवार नै समस्यामा छ ।

छोरासँग अलग्गै बस्ने एक बृद्धसँग एकजना ब्यक्तिले सोध्यो, ‘तपाईको छोरा तपाईलाई भेट्न एकदमै कम आउने गर्छ, के उसलाई तपाईको माया लाग्दैन ?’ वृद्धले भने ‘मेरो छोरा आफ्नो काममा एक दमै व्यस्त रहन्छ । उसको काम पनि एकदमै कडा छ । उसलाई एकदमै कम समय मिल्छ ।’ व्यक्तिले भन्यो, ‘वाह ! यो के कुरा भयो ? तपाईले उसलाई पालन पोषन गर्नु भयो । यो त तपाईलाई नभेट्ने एक बहाना मात्र हो ।

यो कुराकानी वृद्धको मनमा बिषालु हावा बनेर छियो । अब वृद्धको मनमा छोरा प्रति शंका पैदा हुन भयो । अब छोरो भेट्न नआउँदा वृद्धाले मेरो छोरासँग मेरो लागि बाहेक सबैको लागि समय छ भनी सोच्ने गर्न थाल्यो । यो कुरा वृद्धाको मनमा यति गढ्यो कि यही चिन्ताले वृद्धको सोचे भन्दा छिटै निधन भयो । हामीले गर्ने केही प्रश्नहरू हामीलाई सामान्य लाग्न सक्छन् । तर यसले अरूको जीवनमा बिषालु हावाको काम गर्ने गर्छ । अरूको जीवननै बर्बाद गर्न सक्छ । यस्ता बिषालु हावालाई नजरअन्दाज गर्न सिकौं ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं