Lite Nepal

आइतबार, मंसिर ०५, २०७८

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले आजदेखि फरक तरिकाको आन्दोलन गर्ने भएको छ ।

आगामी शुक्रबारसम्मका लागि विरोधका कार्यक्रम सार्वजनिक गरेको बारले आन्दोलनमा प्रहरी हस्तक्षेपको विरोधलाई प्राथमिकता दिएको छ। आन्दोलनमा प्रहरी हस्तक्षेप विरुद्ध आज देशभरका बार इकाइलाई बन्दी प्रत्यक्षीकरणका मुद्धा बाहेक अन्य मुद्धामा बहस नगर्न भनिएको हो ।

भोलि देशभरका अदालतमा विहान १० देखि १२ बजेसम्म कालोपट्टीसहित धर्ना दिने र संघीय संसदमा रहेका सबै राजनीतिक दललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम ल्याइएको छ ।

त्यस्तै, मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादको बाहेक कुनै पनि अदालत र न्यायाधीकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन, रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने निर्णय पनि बारले गरेको छ ।

बुधबार उच्च अदालत र उच्च अदालतका इजलासमा विरोधसभा गर्ने तथा बिहीबार र शुक्रबार सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रमलाई निरन्तरता दिने कार्यक्रम छ । यस्तै बारले मंसिर २४, २५ र २६ गतेका लागि तोकिएको राष्ट्रिय सम्मेलन पनि स्थगित गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा