Lite Nepal

आइतबार, मंसिर ०५, २०७८

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले आजदेखि फरक तरिकाको आन्दोलन गर्ने भएको छ ।

आगामी शुक्रबारसम्मका लागि विरोधका कार्यक्रम सार्वजनिक गरेको बारले आन्दोलनमा प्रहरी हस्तक्षेपको विरोधलाई प्राथमिकता दिएको छ। आन्दोलनमा प्रहरी हस्तक्षेप विरुद्ध आज देशभरका बार इकाइलाई बन्दी प्रत्यक्षीकरणका मुद्धा बाहेक अन्य मुद्धामा बहस नगर्न भनिएको हो ।

भोलि देशभरका अदालतमा विहान १० देखि १२ बजेसम्म कालोपट्टीसहित धर्ना दिने र संघीय संसदमा रहेका सबै राजनीतिक दललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम ल्याइएको छ ।

त्यस्तै, मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादको बाहेक कुनै पनि अदालत र न्यायाधीकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन, रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने निर्णय पनि बारले गरेको छ ।

बुधबार उच्च अदालत र उच्च अदालतका इजलासमा विरोधसभा गर्ने तथा बिहीबार र शुक्रबार सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रमलाई निरन्तरता दिने कार्यक्रम छ । यस्तै बारले मंसिर २४, २५ र २६ गतेका लागि तोकिएको राष्ट्रिय सम्मेलन पनि स्थगित गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं