Lite Nepal

सोमबार, मंसिर २७, २०७८

सक्रिय यौन क्रियाबाट व्यायाममा जस्तै लाभ मिल्छ भनिन्छ । त्यसो त यसले शारीरिक रुपमा मात्र होइन, मानसिक एवं भावनात्मक रुपमा पनि फाइदा गर्छ । यौन क्रियाका क्रममा मान्छेहरु चिन्तामुक्त हुन्छन् । उनीहरुको शरीरमा यस्तो रसायन स्राव हुन्छ, जसले आपसमा प्रेम बढाउँछ । सक्रिय यौनबाट शरीरको समूचित व्यायाम पनि हुन्छ ।

यौन क्रिया र क्यालोरीको गणित

यो अंक गणितलाई विस्तारमा बुझ्नु अनिवार्य छ । हाम्रो शरीरको कुनै पनि साना–ठूला गतिविधिहरुका लागि उर्जाको आवश्यकता पर्दछ । उर्जाको त्यस्तो खपत मापनको लागि इमईटी (मेटाबोलिक इक्यूभ्यालेन्ट अफ टास्क) को उपयोग गरिन्छ । एउटा एमईटी हाम्रो शरीरको कुल तौलको प्रति किलोग्राम ३ दशमलव ५ मिलीलीटर अक्सिजन बराबर हुन्छ ।

वैज्ञानिक अध्ययन अनुसार एउटा एमईटी उर्जाको खपत बराबरको शारीरिक गतिविधिमा हाम्रो शरीरको औसत एक किलोग्राम तौलमा १० दशमलव ९ क्यालोरी खपत हुन्छ ।

कस्तो प्रकारको यौन क्रियाकलापले घट्छ तौल ?

यौन सम्पर्कको क्रममा हाम्रो शरीरको गतिविधि एमईटीको कुन स्तरसम्म पुग्न सक्छ भन्ने कुरा महत्वपुर्ण हुन्छ । यौन विशेषज्ञहरुका अनुसार निष्क्रिय रहनु, यसको लागि हल्का प्रयास गर्नु, चुम्बन र आलिंगन जस्ता गतिविधिहरुमा १ दशमलव ३ एमईटीसम्म पुग्न सकिन्छ । सामान्य यौन अथवा मध्यम प्रयास गर्ने स्थितिमा १ दशमलव ८ एमईटीसम्म पुग्न सकिन्छ । यौनमा सक्रिय अथवा चरमोत्सर्षको स्थितिमा २ दशमलव ८ एमईटीसम्म पुग्न सकिन्छ ।

यस हिसाबले यदि तौल ८० देखि ८१ किलो बराबर छ भने एक ठाउँमा बसिरहनाले पनि प्रति घण्टा तपाईंको लगभग ७५ देखि ८० क्यालोरी खपत हुन्छ । जब तपाईं हिँड्न शुरु गर्नु हुन्छ, तपाईंको गतिविधिको स्तर बढ्न थाल्छ ।

त्यहि अनुपातमा तपाईंको एमईटी भ्यालु पनि बढ्छ । यदि तपाईंको गतिविधि दुई एमईटी बराबर छ भने १ सय ६० क्यालोरी प्रति घण्टा खपत गर्नु हुन्छ । यस प्रकारले १० एमईटीको अर्थ तपाईंले एक घण्टामा ८०० क्यालोरी खपत गर्नु हुन्छ । क्यालोरीको यस्तो हिसाब–किताबलाई ध्यानमा राख्दै यौन क्रियाकलापले तौल घटाउन सहयोग गर्छ भन्ने प्रमाणित भएको हो ।

क्यालोरी खपतका लागि कस्तो पोजिसन ?

यौन क्रियाको सही पोजिसनको छनोट गर्नु पर्छ, जसमा धेरै भन्दा धेरै क्यालोरी खपत हुन्छ । यस बाहेक यौन भनेको तन संग-संगै मनसँग पनि जोडिएको हुन्छ । नियमित र सन्तुलित यौनले हाम्रो शरीरमा धेरै किसिमको हार्मोनहरु सन्तुलन रहन्छन्, जुन वजनलाई नियन्त्रित गर्नको लागि सक्षम हुन्छन् । प्रायः यौन सम्बन्धपछि गहिरो निद्रा लाग्छ । यसले शरीरमा लेप्टिन, एडिपोकाइन नामक हार्मोनको सम्वेदनशीलता बढ्छ । यो हार्मोनले कम खाने र अधिक क्यालोरी खपत गर्नको लागि प्रेरित गर्छ ।

यौन सम्बन्धले एडिपोनेक्टिन र एस्ट्रोजेन हार्मोनको मात्रा पनि सन्तुलित हुन्छ । यी हार्मोनको मात्रा पनि सुन्तुलित हुन्छ । यी हार्मोनहरुको असन्तुलित मात्रा वजन बढाउनको लागि जिम्मेदार बन्छ । डाक्टरहरुको भनाई अनुसार यौन सम्पर्क गर्दा काँध, कम्मर, तिर्घाको धेरै प्रयोग हुन्छ ।

यो एक प्रकारको कार्डियो एक्सरसाइज जस्तै हुन्छ । यसमा घुँडा पछाडिको नसा, पाखुराको मांंसपेशीहरुमा बोसो जम्मा हुन पाउँदैन । जसले एक प्रकारको वजन नियन्त्रित राख्छ । त्यसैले आफ्नो सुविधा र सहजता अनुसार नै यौन सम्बन्ध राख्ने पोजिसनको छनौट गर्नु पर्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा