Lite Nepal

बिहिबार, माघ १३, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०९ जनामा कोरोना संक्रमण भएको छ । १०७४ जनाको पीसीआर परीक्षण गर्दा ४८५ र ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा ३२४ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा १३६, झापामा ७०, धनकुटामा १०, इलाममा ३, संखुवासभा र भोजपुरमा २–२, ताप्लेजुङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ७४ जनामा कोरोना संक्रमण भएको हो ।

मोरङको विराटनगरमा १३८, सुन्दरहरैचामा १०, पथरीशनिश्चरेमा ६, कटहरी र उर्लाबारीमा ५–५, बुढीगंगा र स्थानीय तह नखुलेका ४–४, बेलबारी, कानेपोखरी, रतुवामाई, जहदा र रंगेलीमा २–२, ग्रामथान, मिक्लाजुङ, लेटाङ र केराबारीमा १–१, सुनसरीको धरानमा ६२, इटहरीमा ५१, बर्जु, बराहक्षेत्र, रामधुनी र गढीमा ४–४, देवानगञ्ज र हरिनगरमा २–२, भोक्राहानरसिंह, इनरुवा र कोशी गाउँपालिकामा १–१, झापाको विर्तामोडमा १७, भद्रपुरमा १२, अर्जुनधारा र दमकमा ९–९, मेचीनगर र कनकाईमा ७–७, कमल गाउँपालिकामा ४, बुद्धशान्तिमा २, हल्दिबारी, शिवसताक्षी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ७, पाख्रिबासमा १ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिका, चुलाचुली र सुर्योदयमा १–१, संखुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङ र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ७४ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२५ महिला र १७९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ३६४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा