Lite Nepal

सोमबार, फाल्गुण ०२, २०७८

काठमाडौं । चर्चित अभिनेत्री रेखा थापा फेरि विवाह बन्धनमा बाँधिएकी छन्।

आफूले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेको थापाले जानकारी दिइन्। थापा र शाही लामो समयदेखि प्रेममा थिए। शाही हाल अमेरिका बस्दै आएको खुलेको छ।

उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्। थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए।

हिरो चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्‍यो मेरो मनलगायत चलचित्रमा अभिनय गरेकी छन्। अभिनयसँगै थापाले विभिन्न चलचित्र निर्माण गरेकी छन्।

३९ वर्षीया थापा पछिल्लो राजनीतिमा पनि सक्रिय भएकी थिइन्। गत मंसिरमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा थापा महामन्त्रीमा उठेकी थिइन्। उनी पराजित भइन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं