Lite Nepal

आइतबार, चैत्र २०, २०७८

ताप्लेजुङ । वर्षासँगैको चट्याङले लागेर ताप्लेजुङमा एकजनाको मृत्यु भएको छ। सिरिजंगा गाउँपालिका २ आम्वेगुदिन ल्हासाटोलका मुकेश भट्टराईको मृत्यू भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार शनिबार राती पौने ९ बजेको समयमा चट्याङ लागेको थियो। भट्टराईलाई उपचारका लागि स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

उनको शवलाई सोही प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। कानुनी प्रक्रियाका लागि प्रहरी निरीक्षक रामकुमार महतोको टोली घटनास्थलमा रहेका छन्। २३ वर्षीय मुकेश सिरिजंगा गाउँपालिकाका भलिवल खेलाडीसेमत हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं