Lite Nepal

बिहिबार, आषाढ ०२, २०७९

काठमाडौं । लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । उनी आजै ग्यालेक्सी टेलिभिजनबाट बिदा भए ।

लामिछानेले काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो लागिसकेको छैन । तर, उनले ३ नम्बर क्षेत्र रोज्ने सम्भावना प्रवल रहेको स्रोतले बतायो । यद्यपि, निकटस्थहरूले १ नम्बर र ५ नम्बर पनि सुझाइरहेका छन् ।

लामिछाने आजै ग्यालेक्सी टिभीबाट बिदाई भएका छन् । टिभीका अध्यक्ष जिवी राईले लामिछानेलाई खादा लगाएर औपचारिक विदाइ गरे । लामिछाने सो टिभीका संस्थापक तथा प्रस्तोता थिए । रवीले चलाउने कार्यक्रम सिधा कुरा जनतासँगको अन्तिम एपिसोड आज प्रसारण हुँदैछ । उनले आफ्नो कार्यक्रम युवराज कँडेललाई हस्तान्तरण गरेको बुझिएको छ । कँडेल उक्त कार्यक्रममा भ्वाइस ओभर गर्ने गर्थे ।

रवी लामिछानेका दाजु हरिशरण लामिछानेले पनि प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेवारी दिने घोषणा गरिसकेका छन् । उनको पनि निर्वाचन क्षेत्र तय भएको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं