Lite Nepal

आइतबार, साउन ०१, २०७९

काठमाडौं – हलमा फिल्म हेर्न पुगेका दर्शकहरूले आफ्नो नारा नलगाएको भन्दै अभिनेत्री पूजा शर्माले आक्रोश ब्यक्त गरेकी छन् ।

जसकारण अभिनेत्री पूजा फेरि विवादमा तानिएकी हुन् । उनी यसअघि पनि धेरै पटक विवादमा तानिएकी थिइन् । उनको बोल्ने शौलीनै उनी विवादमा तानिनुको प्रमुख कारण बनेको छ । यसपटक पनि उनी आफ्नो बोलिकै कारण विवादमा तानिएकी हुन् । गत शुक्रबारबाट प्रदर्शन भएको अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठद्वारा अभिनित फिल्म ‘सम्झना बिर्सना’ को प्रतिक्रिया बुझ्न शनिबार दिउँसो बालाजुको अष्टनारायण हलमा पूजा र आकाश दुवै जना गएका थिए ।

सोही समय पूजाले दर्शकसँग झर्किएको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पूजा र आकाशका प्रसंशकहरू फूलमाला र खादा नै बोकेर हल पुगेका थिए । हलमा पुगेका दर्शकले पूजा र आकाशलाई फूलमाला र खादा ओडाएर सम्मान समेत गरेका थिए । दुवैका प्रसंशकहरूले नारा समेत लगाएका थिए ।

पूजा आकाश अलगिएसँगै उनीहररूको प्रसंशकहरू पनि विभाजित भएको स्पष्ट देखिएकाे छ । अष्टनारायण हलको एउटा कुनामा आकाशको पक्षमा नारा लागेको थियो भने अर्को कुनामा पूजाको पक्षमा नारा लागिरहेको थियो । साेही क्रममा, पूजा र आकाश एकसाथ उभिएको ठाउँमा आएर एकहुल आकाशका फ्यानहरुले ठूलो स्वरमा ‘आकाश आकाश’ भनेर नारा लगाएका थिए । पूजा रिसले आगो भइन् र , ‘के हो यो , फिल्म कसको, दुईटैको हो , के गरेको यो भन्दै उनले दर्शकसँग झर्किँएकी थिइन् ।

पूजा झर्किएपछि आकाशले आफ्ना प्रसंशकहरूलाई ‘सबैलाई सम्मान गर्नुपर्छ’ भनेर सम्झाएका थिए । त्यसपछि पूजा आकाशका फ्यानहरूको घेराबाट रिसाउँदै बाहिर निस्केकी थिइन्। पूजाले यसरी दर्शकलाई थर्काएको एउटा सानो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा