Lite Nepal

शनिबार, मंसिर ०९, २०८०

काठमाडौँ – महिला कस्ता पुरुषतर्फ आकर्षित हुन्छन् ? उनीहरू कस्तो खालका पुरुषसँग बिहे गर्न चाहन्छन् ? अनि कोसँग चाँहि डेटिङ मात्रै जान चाहन्छन् ? यस्ता खालका प्रश्नको जवाफ प्रायः विवादित रहन्छन् । कहिले हँसी मजाक र ठट्टामा त कहिले गम्भीर भएर पुरुषहरूले पनि यस्ता कुरा सोचेका होलान् । हालै भएको एउटा अध्ययनमा यी कुराहरू डिकोड गरिएको छ । यो अध्ययनका अनुसार महिलाहरू केही समयको सम्बन्धका लागि शारीरिक रूपमा बलिष्ठ पुरुषलाई मन पराउँछन् । जिन्दगी बिताउने मामिलामा भने हँसिलो पुरुष रोज्छन् ।

लामो समयसम्म सम्बन्धलाई टिकाउने मामिला र सफलता पार्टनरको सेन्स अफ ह्युमरमा भर पर्ने पर्सनल रिलेशनशिप्समा प्रकाशित अध्ययनको निष्कर्ष छ । महिलाहरूले बलियो र हँसिलो पुरुषलाई आफ्नो प्राथमिकता अनुसार रोज्ने गर्छन् । अझ बुझ्ने भाषामा भन्ने हो भने महिलाहरूले केही फ्याक्टरलाई ध्यानमा राखेर पार्टनर रोज्छन् ।

छोटो समयको सम्बन्ध जस्तै डेटिङका लागि उनीहरूको रोजाईमा बलिष्ठ पुरुष पर्छन् । दीर्घकालीन सम्बन्ध अर्थात् बिहे वा जीवन बिताउने मामिलामा भने उनीहरू पुरुषको सेन्स अफ ह्युमरलाई प्राथमिकता दिन्छन् ।

यो अनुसन्धान सामाजिक धारणा र पारस्परिक प्राथमिकतालाई कुन कारकले प्रभावित गर्छ भनेर बुझ्न गरिएको थियो । महिलाहरूले छोटो अवधि र लामो अवधिको पार्टनरका लागि फरक फरक रुचि र प्राथमिकता दिने गरेको अनि शारीरिक विशेषता र व्यवहारलाई अलग अलग तरिकाले महत्त्व दिने गरेको शोधले देखाएको छ ।

अध्ययनमा एउटा ठुलो विश्वविद्यालयका हेट्रोसेक्सुअल र बाइसेक्सुअल दुबै खालको पहिचान भएका महिलालाई समावेश गरिएको थियो । यसमा कूल ३९४ जना महिलासँग प्रश्नोत्तर गरिएको थियो । अधिकांश महिला १९ वर्ष आसपासका थिए ।

आदर्श भएर सोच्दा महिलाहरूले शारीरिक रूपमा आकर्षक अनि सकारात्मक व्यवहार भएका पार्टनर चाहन्छन् । तर यस्तो मान्छे पाउनै मुस्किल छ । त्यसैले उनीहरूको प्राथमिकता कयौँ पटक बदलिन्छ ।

अनुसन्धानकर्ताहरूले यो अध्ययनको माध्यमबाट महिलाहरूले छोटो अवधि र लामो अवधिमा पार्टनर चयन कसरी गर्छन्, कुन कुरामा ध्यान दिन्छन् अनि उनीहरूको प्राथमिकता के हुन्छ भनेर हेर्न खोजेका थिए ।

सो क्रममा शारीरिक मजबुती र सेन्स अफ ह्युमरलाई लिएर महिलाहरूको फरक फरक धारणा पाइयो । यसले पुरुष साथीको मामिलामा महिलाहरूको रोजाई अलग अलग भएको देखाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा