- चन्द्रकुबेर खापुङ

शनिबार, पुष १९, २०८२

अभिमान र आतंकको प्रतीक
सिंहदरबार,
सत्ता र शक्तिको पर्याय
सिंहदरबार,
आकर्षण र आस्थाको धरोहर
सिंहदरबार,
अपेक्षा र आशाको केन्द्र
सिंहदरबार,
सभ्यता र इतिहासको बिम्ब
सिंहदरबार,
आज पहिचान फेरिँदै छ ।

सिंहदरबार आज निरीह देखिँदै छ,
लाग्छ,
सिंहराज चारै तिरबाट,
हुँडारहरूले घेरिएको छ,
अलि पर छ अर्को घेरा,
अझ हिंस्रक सिकारीहरूको,
सिंह किंकर्तव्यविमूढ छ,
स्वनिर्णय विहीन छ,
सिंह आफैं अपेक्षी छ,
लाग्दो हो बरु चिडियाखाना ठिक,
आँधि अघिको शून्यता जस्तो छ,
कोही सलबलाइ रहेछन् त
केवल हुँडारहरू !
केवल हुँडारहरू !!

-चन्द्रकुबेर खापुङ
पूर्व आइजिपी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं