अभिमान र आतंकको प्रतीक
सिंहदरबार,
सत्ता र शक्तिको पर्याय
सिंहदरबार,
आकर्षण र आस्थाको धरोहर
सिंहदरबार,
अपेक्षा र आशाको केन्द्र
सिंहदरबार,
सभ्यता र इतिहासको बिम्ब
सिंहदरबार,
आज पहिचान फेरिँदै छ ।
सिंहदरबार आज निरीह देखिँदै छ,
लाग्छ,
सिंहराज चारै तिरबाट,
हुँडारहरूले घेरिएको छ,
अलि पर छ अर्को घेरा,
अझ हिंस्रक सिकारीहरूको,
सिंह किंकर्तव्यविमूढ छ,
स्वनिर्णय विहीन छ,
सिंह आफैं अपेक्षी छ,
लाग्दो हो बरु चिडियाखाना ठिक,
आँधि अघिको शून्यता जस्तो छ,
कोही सलबलाइ रहेछन् त
केवल हुँडारहरू !
केवल हुँडारहरू !!
-चन्द्रकुबेर खापुङ
पूर्व आइजिपी
