Lite Nepal

बुधबार, फाल्गुण ०६, २०८२

भोजपुर । संघीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पिखुवा खोलामा रु सात करोड ५० लाख, आरीखोलामा रु तीन करोड, वेहेरे खोलामा रु तीन करोड ५० लाख, खाल्डे पिखुवा खोलामा रु दुई करोड ५० लाख, राउते खोलामा रु तीन करोड ५० लाख, कावाखोला रु सात करोड ५० लाख र श्यामखोला रु तीन करोड ४२ लाखको लागतमा पक्की पुल निर्माण भएका हुन् ।

त्यसैगरी, बङ्खुवा खोलामा रु दुई करोड २५ लाख, गङ्खुवा खोलामा रु चार करोड ५० लाख, सिक्तेल खोलामा रु चार करोड, एखुवा खोलामा रु छ करोड ६० लाख, चिरखुवा खोलामा रु पाँच करोड ६३ लाखमा पक्की पुल निर्माण भएका हुन् । तामुटारमारु छ करोड ३५ लाखमा निर्माणाधीन पुल अन्तिम चरणमा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं