Lite Nepal

मंगलबार, फाल्गुण १२, २०८२

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज मौसम बदली हुँदा देशको पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी परेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम क्षेत्रमा भन्दा मध्य र पूर्वमा बढी वर्षा भएको छ । काठमाडौँको जरसिंहपौवासहित, नुवाकोटको ककनीलगायत विभिन्न क्षेत्रमा असिना परेको छ ।

विभागमा साँझ अभिलेख भएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सङ्खुवासभामा ३६.८ मिलिमिटर वर्षा भएको छ । त्यसपछि सिन्धुपाल्चोकमा २५.६ मिलिमिटर वर्षा भएको छ ।

यस्तै ताप्लेजुङमा २४, नुवाकोटमा ११, गोरखामा १३, पर्वतमा २०.६ म्याग्दीमा १०.।६,प्यूठानमा १३.८, रोल्पामा २०.८, ललितपुरमा १३.२, काठमाडौँमा २.६, भक्तपुरमा ३.४, दोलखामा ८.४ मिलिमिटर वर्षा भएको छ ।

अन्य धेरै जिल्लामा १० मिलिमिटरभन्दा तल वर्षा भएको छ । केही ठाउँमा असिनासहितको वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि पनि विभिन्न ठाउँमा वर्षा हुने देखिएको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले बुधबार तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहने तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू–भाग तथा बाँकी प्रदेशको हिमाली भू–भागमा साधरणतया बादल लाग्ने छ । बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने छ ।

तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं