Lite Nepal

बिहिबार, फाल्गुण २१, २०८२

काठमाडौँ । दुर्गम हिमाली भेगमा रहेका मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने प्रक्रिया केही स्थानमा भोलिसम्म जारी रहने भएको छ।

निर्वाचन आयोगका अनुसार हेलिकप्टरको सीमित उपलब्धताका कारण उच्च हिमाली क्षेत्रका कतिपय मतदान स्थलबाट मतपेटिका संकलन गर्ने काम शुक्रबार बिहानसम्म मात्रै सम्पन्न हुने अवस्था देखिएको हो।

आयोगले उपलब्ध गराएको जानकारीअनुसार संखुवासभा जिल्ला, रुकुम पश्चिम जिल्ला, सोलुखुम्बु जिल्ला, मनाङ जिल्ला तथा गोरखा जिल्ला का उच्च हिमाली भेगमा रहेका मतदान केन्द्रका मतपेटिका भोलि बिहान मात्र संकलन गरिनेछ।

हिमाली क्षेत्रमा पर्ने १५ जिल्लाका ६१ वटा मतदान स्थलबाट मतपेटिका हेलिकप्टरमार्फत संकलन गरिने व्यवस्था गरिएको छ। यस कार्यको व्यवस्थापन तथा समन्वयको जिम्मेवारी नेपाली सेना लाई दिइएको छ।

त्यसैगरी ताप्लेजुङको उत्तरी विकट क्षेत्रका मतपेटीका संकलनका लागि नेपाली सेनाको हेलिकप्टर ताप्लेजुङ आईपुगेको छ । आजै मतपेटिका संकलन गर्ने भनिए पनि मौसमले साथ नदिएका कारण भोली विहान मात्रै संकलन गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा