Lite Nepal

आइतबार, चैत्र १५, २०८२

मोरङ । मोरङ प्रहरीले विराटनगर महानगरपालिका-२ स्थित एक निजी आवासमा सञ्चालन भइरहेको जुवाको गतिविधिमा संलग्न रहेको आरोपमा नौ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय, मोरङबाट खटिएको टोलीले शनिबार उक्त स्थानमा छापा मार्दा बंशी राठीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

नियन्त्रणमा परेकामध्ये ३९ वर्षीय बलराम राठी समेत रहेका छन्।

प्रहरीका अनुसार सो स्थानबाट नगद ९२ हजार ६ सय ४५ रुपैयाँ तथा पाँच गड्डी तास बरामद गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं