Lite Nepal

आइतबार, चैत्र १५, २०८२

काठमाडौं । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने न्यूनतम उमेर थप वृद्धि गर्ने प्रस्ताव अघि सारिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्द बहादुर कार्कीको संयोजकत्वमा तयार गरिएको ‘सुशासन मार्गचित्र, २०८२’ मा यस्तो सिफारिस गरिएको हो।

उक्त मार्गचित्रले हाल कायम गरिएको उमेर सीमालाई पुनरावलोकन गर्दै भत्ता पाउने उमेर ७५ वर्षसम्म पुर्‍याउन सुझाव दिएको छ। यसअघि सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत उक्त सीमा ७० वर्ष निर्धारण गरेको थियो।

२०७९ सालको निर्वाचनअघि पनि भत्ता वितरणको उमेर ७० वर्ष नै कायम थियो। तर त्यसअवधिमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उमेर घटाएर ६८ वर्षमै भत्ता उपलब्ध गराउने व्यवस्था गरेको थियो।

सामाजिक सुरक्षा भत्तामा राज्यको दायित्व क्रमशः बढ्दै गएको सन्दर्भमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले यसअघि नै उमेर सीमा बढाउन सुझाव दिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा