Lite Nepal

मंगलबार, चैत्र १७, २०८२

काठमाडौं । देशका केही स्थानमा यति बेला पानी परिरहेको छ । देशका चार प्रदेशमा पानी पार्ने बादल विकास भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कास्की, लमजुङ, म्याग्दीलगायत जिल्लामा वर्षा भइरहेको छ । हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

“हाल वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा मेघगर्जन÷चट्याङसहित पानी पार्ने बादल विकसित भई थोरै स्थानहरू (कास्की, लमजुङ, म्याग्दी, मनाङलगायत आसपासका क्षेत्र)मा मेघगर्जन÷चट्याङ, हावाहुरीसहित हल्का वर्षा÷हिमपात भइरहेको,” महाशाखाले भनेको छ ।

थप वर्षा÷हिमपातको सम्भावना छ । “सो प्रणाली पूर्वतिर सरिरहेको हुनाले आवश्यक सतर्कता अपनाउनुहोला,” महाशाखाले भनेको छ । काठमाडौंमा पनि छिटपुट पानी पर्न सुरु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं