Lite Nepal

बुधबार, चैत्र १८, २०८२

काठमाडौं । विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेर अवैध अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा फसेका थप ८ जना नेपालीको उद्धार गरिएको छ।

बैंककस्थित नेपाली राजदूतावास, कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए)को समन्वयमा उद्धार गरिएका उनीहरू आज स्वदेश फर्किएका हुन्।

दूतावासका अनुसार आकर्षक तलबको लोभमा भिजिट भिसामा कम्बोडिया पुगेर बन्धक बन्ने र अनलाइन ठगीमा लाग्न बाध्य हुने नेपालीहरूको संख्या बढ्दो छ। समस्यामा परेकाहरू कैयनलाई नेपाल फर्काइसकिएको छ ।

सन् २०२१ मा जम्मा १०१ जना नेपाली कम्बोडिया गएकोमा सन् २०२५ मा यो संख्या बढेर ९,६७६ पुगेको डरलाग्दो तथ्यांक दूतावासले सार्वजनिक गरेको छ।

स्क्यामिङ केन्द्रहरूले कामदारको राहदानी जफत गरिदिने गरेको गुनासो बढेपछि दूतावासले अलपत्र नेपालीलाई स्वदेश फर्काउन नि:शुल्क एकतर्फी यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गर्ने व्यवस्था मिलाएको छ।

दूतावासले कम्बोडियामा अलपत्र वा भिसा अवधि सकिएर बसेका नेपालीहरूलाई तत्काल राजदूतावास वा एनआरएनए कम्बोडियाका प्रतिनिधिहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ।

नेपाल सरकारले भनेका मापदण्डअनुसार मात्र वैदेशिक रोजगारीका लागि विदेश जानुपर्ने, र प्रलोभनमा परी कम पैसा र छिटो कमाउने लालचमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड जस्ता मुलुकमा जान नहुने चेतावनी दिएको छ।

नेपाली राजदूतावास बैंककले आमसञ्चार माध्यम र नागरिक समाजमार्फत पनि यो सन्देश प्रवाह गरी सहयोग गरिदिन अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं