Lite Nepal

शनिबार, चैत्र २१, २०८२

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भू-भागमा साधरणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको हिमाली भू-भागलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधरणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।

महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्यांगसहित मध्यम वर्षारहिमपात तथा सुदूरपश्चिम प्रदेशका तराईलगायत बाँकी हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्यांग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागलगायत बाँकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्यांगसहित मध्यम वर्षारहिमपात तथा बाँकी पहाडी भू–भाग र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं