काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस एसोसिएसनले प्रतिनिधिसभा सदस्य मिङ्मा ग्यावु शेर्पालाई बधाई दिँदै सम्मान गरेको छ ।
शनिबार एक कार्यक्रमकाबिच संघका अध्यक्ष रमेश पौडेलले बधाई पत्र प्रदान गर्दै सांसद शेर्पालाई सम्मान गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फबाट समानुपातिक सांसद बनेका शेर्पा पर्यटन र हिमाल आरोहण क्षेत्रका प्रख्यात व्यक्तिका रूपमा परिचित छन् ।
बधाईको क्रममा शेर्पाले नेपालको पर्यटन प्रवद्र्धन गर्दै साहसिक खेललाई खेल पर्यटनको रुपमा विकास गर्ने कुरामा अबको सरकारले जोड दिनुपर्ने बताए ।
बाल क्लाईम्बिङ खेल राष्ट्रिय खेलको रुपमा स्थापित खेल हो । नेपाल क्लाईम्बिङ स्पोर्ट संघले साहसिक खेल ‘बाल क्लाईम्बिङ’को प्रवद्र्धन र विकास गर्दै विगतका दशकबाट नेपालमा प्रतियोगिता गर्दै आईरहेको छ ।

संघका खेलाडीहरूले विभिन्न अन्तर्राष्ट्रिय खेलहरुमा समेत सहभागी जनाईसकेको र यहि अप्रिल ८ देखि १२, २०२६ सम्म चीनको मेइसानमा आयोजना हुने ‘वल्र्ड क्लाइम्बिङ एसियन च्याम्पियनसिप (बोल्डर एण्ड लीड)’ मार्फत एसियाली खेलकुदको छनोट चरणका खेल खेल्ने र त्यसपछि चीन कै केक्वाओमा मे १ देखि ३, २०२६ सम्म हुने ’वल्र्ड क्लाइम्बिङ सिरिज केक्वाओ २०२६ (बोल्डर)’ मा पनि भाग लिने कुरा संघका महासचिव सन्तोष मादेनले बताए ।
